aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ललितपुरको आरोग्य फाउन्डेसन सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
ललितपुरको आरोग्य फाउन्डेसन  सिल गरियो

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका दुई अस्पताल सिल गरिएको छ । एकै भवनमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएको हो । बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले  कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएको थियो। ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो।

प्रतिक्रिया दिनुहोस