काडमाडौं । आगामि अर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ । बहुवषीर्य कार्यक्रमका रुपमा ल्याउन लागिएको कर्यक्रमकोकार्यविधि को तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
आगामी जेठ १५ गते ल्याइने बजेटका लागि स्वीकृत भएको कृषिका विविध कार्यक्रममध्ये युवा विशेष कार्यक्रम नयाँ कार्यक्रम हो । कृर्षि तथा पशुपंक्षी विकास मनत्रालयअन्तर्गत २५ अर्ब २४ करोड कुल बजेटमध्ये आधा दर्जन योजना अर्बमाथिका छन् भने दर्जन बढी कार्यक्रम कम रकमका छन् । युवालाई कृषिमा आकर्षित गर्न ल्याउन लागिएको कार्यक्रमका लागि युवाहरुले घरमै बसेर आवेदन दिन सक्ने र उनीहरुलाई आफ्नो रुचिको कृषि उद्यमका लागि अनुदानको व्यवस्था गनेृ गरि मन्त्रालयले कार्यविभि तयारी गरिरहेको छ ।
युवालाई ५० प्रतिशत अनुदानमा कृषि उद्यममा उत्प्रेरित गर्ने कार्यक्रमको सफलताको लागि अनुगमन प्रणलीलाई बलियो बनाइने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताए । “एक वर्षमा एक हजार युवालाई स्वरोजगार बनाउने गरि कार्यक्रम स्वीकृत भइ कार्यविधि बनाउइरहका छौ ” मन्त्री खनालले भने “हजार युवालाई सञ्चार नेटवर्कमा जोडेर सिंहदरबारबाट परिचालन र नियमन गर्ने प्रणालीसहितको कार्यक्रम ल्याउदैछौं, यसको प्रभावकारीतामा पूर्ण विश्वस्त छु । ” कृषि उद्यम गर्न चाहने युवाहरु मात्र कार्यक्रममा जोडिने गरि कार्यक्रमको मोडलिटी विकास गरिरहेको उनले बताए । कारोबारबाट ।
प्रतिक्रिया दिनुहोस