aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गुल्मी जिल्ला सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
गुल्मी जिल्ला सिल गरियो

गुल्मी । गुल्मी जिल्ला पाँच दिनका लागि सिल गरिएको छ । प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातिसम्म जिल्ला सिल गर्ने जनाएको छ । 

एम्बुलेन्स, शव वाहन, मृत्यु संस्कार, विद्युत्, सञ्चार  र इन्धनबाहेकका गाडी जिल्ला भित्रन र बाहिरिन नदिने स्थानीय प्रशासनले जनाएको छ । बिरामी भएको अवस्थाबाहेक सर्वसाधारण घरबाहिर ननिस्कने, सहकारी र वित्तीय संस्था बन्द हुनेछन् । 

अत्याश्यक सामग्री किन्नको लागि बिहान ११ बजेदेखि १ बजेसम्म सामाजिक दुरी कायम गरेर पसल खोल्न मिल्ने प्रमुख जिल्ला अधिकारी भरत शर्माले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस