aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पेट्रोल पम्पहरु हप्तामा एक दिनमात्रै खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
पेट्रोल पम्पहरु हप्तामा एक दिनमात्रै खुल्ने

काठमाडौं । अब पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्ने भएका छन् । नेपाल आयल निगमले कोरोना जोखिम बढ्दै गएको भन्दै पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने भएको हो।

बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।

निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा एक दिनमात्रै संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।

प्रतिक्रिया दिनुहोस