काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको हो ।
सीमा अतिक्रमणबारे छलफल गर्न अपरान्ह साढे ४ बजेका लागि बोलाइएको बैठक केहिबेर अघि मात्रै शुरु भएको हो ।
बैठककमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीह झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका नेता महन्थ ठाकुर, सरकारका मन्त्री लगायत सहभागी छन्।
प्रतिक्रिया दिनुहोस