aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लिपुलेक हाम्रै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनु पर्छः देउवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
लिपुलेक हाम्रै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनु पर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक हाम्रै रहेकोले तत्काल भारतीय सेना फिर्ता पठाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमि विवादित नभएको, भारतले अतिक्रमण गरेको प्रष्ट पार्दै तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् । 

उनले भने, ‘काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ ।’

त्यसैगरी सभापति देउवाले लिपुलेकमा नेपाललाई बाहिर राखेर भारत-चीनबीच व्यापरिक नाका बनाउने सम्झौता भएकोमा चीन र भारत दुबैसँग संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । 

प्रतिक्रिया दिनुहोस