aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

उत्तरप्रदेशमा २६८ ओटा रेलबाट तीन लाख फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
उत्तरप्रदेशमा २६८ ओटा रेलबाट तीन लाख फर्किए

नयाँ दिल्ली । पिटिआई भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।  

उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताउनुभयो ।कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उहाँले जानकारी दिनुभयो । उनीहरु मध्ये सवैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन् । 

उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस