aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १३६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ५५१ पुगेको छ ।

एकैदिन अरु ३ हजार ७६३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । ४९ हजार १०४ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २६ हजार ४०० जना निको भएका छन् ।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ । 

प्रतिक्रिया दिनुहोस