
एजेन्सी । बन्दाबन्दीको मारमा परेका मजदुरहरु दैनिक रुपमा झन मारमा पर्दै छन । लकडाउनकै बेला आफ्नो रोजगारी गुमेपछि पैदल हिडेर गन्तव्य तर्फ जाँदै गरेका ६ जनालाई भारतको उत्तप्रदेशको मुजफ्फरनगरमा एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ ।
स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ । यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
मजदुरहरू पञ्जाबमा काम गरिरहेका थिए र बिहार जान हिडेका थिए । मजदुरहरू बिहीबार पैदल यात्रामा मुजफ्फरनगर कोतवालीको सहारनपुर सडकमा पुगेका थिए । सडकमा पैदल हिडिरहेका बेलामा बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ । मजदुरहरू बिहारको गोपालगञ्ज जिल्लाका निवासी हरेको बताइएको छ उनीह पञ्जाबबाट पैदल यात्रा गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस