aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

अमेरिकन 'फ्रष्ट' नीतिका कारण खोप बनाउन बाधा, ट्रम्पको ज्वाईवादका कारण विश्व रुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
अमेरिकन 'फ्रष्ट' नीतिका कारण खोप बनाउन बाधा, ट्रम्पको ज्वाईवादका कारण विश्व रुष्ट

एजेन्सी । अमेरिकी सरकारले कोरोना भाइरस खोपको आविष्कारको लागि विश्वव्यापी गठबन्धनको हिस्सा नहुने निर्णय गरेसँगै खोप विकासमा अमेरिका बाधक देखिएको छ ।  अमेरिकाले मात्र कोरोना खोपमा अनुसन्धान गर्न पाउनु पर्ने मागका कारण खोपको अनुसन्धान संकटमा परेको हो । द गार्डियन डट कमको रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको ’अमेरिकन फर्स्ट’ नीतिले खोपको लागि विश्वव्यापी खोजीमा कठिनाई उत्पन्न भइरहेको जनाएको छ । 

बेलायत, चीन, क्यानडा, टर्की, साउदी अरेबिया, चीन, जापानलगायत धेरै देशहरूले विश्व स्वास्थ्य संगठन, गेट्स फाउन्डेशन र युरोपियन आयोगसँग मिलेर खोपमा काम गर्न गत हप्ता ग्लोबल शिखर सम्मेलन आयोजना गरिएका थियो । तर,  अमेरिकाबाट उक्त सम्मेलनमा कसैले पनि भाग  लिएनन । यो शिखर सम्मेलनको बेलामा खोपको आविष्कारका लागि ८ अर्ब अमेरिकन डलर जम्मा गरियो । 

उही समयमा ट्रम्पले कोरोना महामारी खोप बिना समाधान हुने छ भन्ने अभिव्यक्ति दिइरहेका थिए । ट्रम्पले भने आशा छ केही समयपछि यो (कोरोना) टाढा जान्छ । हामीले फेरि यसको सामना गर्नुपर्दैन । 

कोरोना भाइरसलाई परास्त गर्न खोपको आवश्यक छैनन भन्ने ट्रम्पको भनाई पछि अमेरिका भित्रका अधिकारीहरूले चेतावनी दिनुपरेको थियो । अमेरिकामा अत्याधुनिक प्रयोगशाला भएर पनि खोप तयार पार्ने काम सुस्त हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार थोरै समयमा नै कोरोनाका थुप्रै खोपहरू विश्वमा तयार पार्न सकिन्छ ।  यसमा अमेरिकी विशेषज्ञहरुसँग महत्वपूर्ण भूमिका खेल्ने सक्छन । तर,, अमेरिकी सरकारको नीतिका कारण उनीलाई वैश्विक गठबन्धनमा भाग लिन रोकिएमा खोपको अनुसन्धान सुस्त हुन सक्छ ।

अमेरिकाले आफै खोप बनाउने प्रयास गरिरहेको छ । अमेरिकी कम्पनीहरूले पनि यो खोप उत्पादन गर्न लागि परेका छन् ।  तर, द गार्डियन डटकमको रिर्पोटमा भने ट्रम्प वर्षौंदेखि खोपको बारेमा झूट बोलेको आरोप लगाएको छ ।  यसै समयमा विश्वव्यापी रुपमा विज्ञहरुको गठबन्धन खोपको लागि एकजुट भइरहेका बेलामा ट्रम्प भने आफ्ना ज्वाई जेरेड क्रुश्नरको नेतृत्वमा एक्लै खोप तयार पार्न खोजिरहेका छन् ।  अमेरिकी सरकारले यसलाई ’अपरेसन वार्प स्पीड’ नाम दिएको छ । 

सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीजमा ग्लोबल हेल्थ प्रोग्राम चलाउने स्टीफन मोरिसनका अनुसार आगामी जुन ४मा हुन गइरहेको खोप सम्बन्धी वौंद्धिक शिखर सम्मेलनमा  पनि अमेरिका भाग लिने छैन । अमेरिकाका यस्ता गतिविधिले यस्तो देखिदै छन कि ’अमेरिका फर्स्ट’ को अडान सेट गरेका कारण विश्वमा अझै कतिले ज्यान गुमाउनु पर्ने हो । अमेरिकाको यो नीतिले अन्तर्राष्ट्रिय स्तरमा भइरहेको प्रयासमा ठूलो क्षति पुर्याउछ । 

प्रतिक्रिया दिनुहोस