aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फेला

वीरगन्ज । नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फेला परेका छन् । बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका ती संक्रमित मावलीघरमा फेला परेका हुन् । 

बुधबार अपरान्ह अस्पतालको दुई संक्रमित भागेका थिए । जसमा एक जना बुधँबार साँझ नै फेला परेका थिए भने अर्का संक्रमित बुधबार राति मावलीघरमा फेला परेका पर्सा प्रहरीले जनाकारी दिएको छ । 

ती भागेका संक्रमितलाई मावलीघरबाट नियन्त्रणमा लिई बुधबार राति वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । साथै अस्ततालबाट भागपछि उनीसंग सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस