aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्याउँदै भन्यो- कोरोना संक्रमितको संख्या २४५ मात्रै हो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
स्वास्थ्य मन्त्रालयले त्रुटि सच्याउँदै भन्यो- कोरोना संक्रमितको संख्या २४५ मात्रै हो

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको छ । बिहीबार बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भनेरसार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएर संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको हो । 

मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी गराएको हो । 

Image may contain: text

प्रतिक्रिया दिनुहोस