
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ बषिर्या बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका ३८ जनाकै स्वाब संकलन गर्ने तयारी गरिरहेको अस्पताल श्रोतले जनाएको छ ।
कपिलवस्तुबाट उपचारका लागि ल्याइएकी बिरामी बालिकालाई बिहिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, अस्पतालको न्यूरो सर्जरी वार्ड बिहीबार विहानदेखि सिल गरिएको छ । सोहि वार्डमा रहेका ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस