aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष हुन्।

उनको भरतपुरस्थित कोरोना ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले जानकारी दिएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस