aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

‘भारतले अतिक्रमण गरी बनाएको सडक भाडामा दिने कुराले नेपाललाई कमजोर बनाउँछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
‘भारतले अतिक्रमण गरी बनाएको सडक भाडामा दिने कुराले नेपाललाई कमजोर बनाउँछ’

 काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु आग्रह गरेका छन् । नेता रावलले ट्वीटरमा लेख्दै प्रधानमन्त्री केपी ओलीले भारतले नेपालको भूमि मिचेर बनाएको सडक भाडामा लगाउन सकिने बताएपछि खण्डन गरेका हुन् । 

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ।’ 
 

प्रतिक्रिया दिनुहोस