aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सर्वोच्चको आदेशः तत्कालै पीसीआर परीक्षणको दायरा बढाउनु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
सर्वोच्चको आदेशः तत्कालै पीसीआर परीक्षणको दायरा बढाउनु

 काठमाडौं । सर्वोच्च अदालतले तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। कोरोना महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो । 

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस