aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर लगायत सहभागी बैठकमा लकडाउन थप कडाइ गर्न निर्देशन दिइएको हो।

बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ । यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो ।

गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ । आजबाट मात्रै काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ । सञ्चारकर्मीलाई समेत सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ । उपत्यकामा ९ हजार नेपाल प्रहरी परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस