
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री आफै सुर्खेत आएका छन् । ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको यस आयोजनाको सुरुङ निर्माणको मंगलबार ब्रेक थ्रु गरिएको हो ।
टनेल बोरिङ मेशिन ९टिबिएम० प्रविधिमा नेपालमा पहिलो पटक सुरुङ खनिएकाले यो आयोजना समयमा सम्पन्न सकेको हो । सुरुङ निर्माणको जिम्मा चिनिया कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज ९कोभेक०ले लिएको थियो । कोभेक टिबिएम भित्राएर काम सुरु गरेकाले काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएको हो ।
यो आयोजना अर्को बर्ष सम्पन्न गर्ने लक्ष्य थियो । सुरुङ बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, चिनियाँ राजदूत हाउ यान्कीलगायतको उपस्थिति थियो । भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको यस आयोजनाको सुरुङ ४.२ डायमिटरको १२.२ किलोमिटर लामो रहेको छ ।
सुरुङबाट भेरीको करिब ४० घनमिटर प्रतिसेकेण्डबराबरको पानी बबईमा मिसाउने लक्ष्य छ । बबईमा ३ सय ३२ घनमिटर प्रतिसेकेण्ड पानी बग्छ । यसमा भेरीको पानी मिसाउँदा बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने र ४६ मेगावाट विद्युत उत्पादन गरेर त्यस क्षेत्रमा वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस