aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निर्माणधीन आयोजना सम्झौता अवधि थप्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनले निर्माणधीन आयोजनाका काम ठप्प भएपछि निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन् ।

सरकारले एक हप्ताअघि निर्माणका काम गर्न भने पनि गृह मन्त्रलायले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी बन्दाबन्दी थप कडा बनाएपछि निर्माणस्थलमा जान हिँडेका कामदारसमेत रोकिएको भन्दै व्यवसायीले म्याद थप गर्न माग गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार विज्ञप्ति जारी गरी लकडाउनले काम गर्न नपाएकाले म्याद गर्नुपर्ने जनाएको हो ।

महासङ्घका महासचिव रोशन दाहालले सरकारले काम गर्नु भनेको छ तर गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोकेको छ, निर्माण सामग्री लिएर गएका मजदुर बाटोमै अलपत्र छन्, काम गर्न सक्ने अवस्था नभएपछि ठेक्काको म्याद थप्न माग गरेका हौँ भने । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस