aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोनाका कारण बेलायतमा ६१ नेपालीले ज्यान गुमाए, ७ सय बढि संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
कोरोनाका कारण बेलायतमा ६१ नेपालीले ज्यान गुमाए, ७ सय बढि संक्रमित

बेलायत । बेलायमा कोरोना भाइरसका कारण ६१ जनाको नेपालीको ज्यान गुमाएक छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार ७ सय ४७ जना संक्रमित भएका छन् ।

एनआरएनए यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गर्दै एकसय १५ जना अझै अस्पतालमै भर्ना भएको जानकारी दिएको छ ।

एनआरएनएको तथ्यांक अनुासर ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका, उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका तथा ६२ जना अझै पनि आइसोलेसनमै रहेको जानकारी दिइएको छ ।

एनआरएनएले सञ्चालन गरेको हेल्पलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताएका छन् । उनका अनुसार एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना परिचालन गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस