
एजेन्सी । फ्रान्सको औषधि उत्पादन कम्पनी सनोफीले आफ्नो कम्पनीबाट उत्पादन हुने पहिलो खोप अमेरिकालाई दिने घोषणा गरेको छ । केही हप्ता अघि एक अमेरिकी पत्रिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त कम्पनीमा शेयर रहेको खुलासा गरेको थियो । ट्रम्पले यसमा लगानी गरेका कारणले गर्दा सनोफीले पहिला अमेरिकामा आफ्नो कोरोना खोप दिने कुरा उल्लेख गरेको छ ।
सनोफी कम्पनीका सीईओ पल हडसनले ब्लूमबर्ग न्यूजलाई अन्तर्वार्ताका क्रममा समेत अमेरिकाले सनोफीमा धेरै लगानी गरेको बताएका छन । त्यसकारण सनोफी कम्पनीले बनाएको पहिलो कोरोना खोपका लागि अमेरिकाको अधिकार भएको उनको भनाइ रहेको छ ।
पल हडसनले युरोपलाई चेतावनी समेत दिएका छन युरोपले सनोफी कम्पनीमा कुनै पनि योगदान नभएको र युरोपमा अवस्था एकदम खराब छ । तर, पनि औषधिमा उसले लगानी नै गरेन । अमेरिकाले फेबु्रअरीमा सानोफीबाट उत्पादन हुने औषधिमा लगानी गरेर अग्रमि बुक गरेको उनले बताएका छन ।
सनोफी विभिन्न भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरुमध्ये विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यस समयमा कोरोना भ्याक्सिनका लागि समेत सनोफीले राम्रै मेहनत गरिहेको छ । सनोफीले अमेरिकाको आदेशमा आफ्नो प्रर्तिस्प्रदी कम्पनी ग्लैक्सोस्मिथलाइनसँग सम्झौता गरेको छ ताकि दुई कम्पनीहरूले एक वर्षमा ६० मिलियन खोपहरू बनाउन सकियोस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले अहिले अपरेशन वार्प स्पीड चलाइरहेको छ । जस अन्तर्गत अमेरिकाले कोरोना खोप अनुसन्धान गर्न धेरै औषधि कम्पनीहरूमा लगानी गरिहेको छ ।
अमेरिकाको बायोमेडिकल एडभाण्ड रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटी (बार्डा) ले करोना खोपमा काम गर्न सनोफीलाई ३० मिलियन डलर लगानी गरिसकेको छ । गत वर्ष डिसेम्बरमा अमेरिकाले सनोफी इन्फ्लूएन्जाको खोप विकास गर्न २२६ मिलियन डलरभन्दा बढी रकम दिइको थियो ।
केही दिन अघि अमेरिकी पत्रिका द न्यु योर्क टाइम्सको वेबसाइटमा मलेरियाको यो औषधि हाइड्रोक्साइक्लोरोकीको पछाडि डोनाल्ड ट्रम्प किन लागिरहेका छन । उत्त सञ्चार गृहले डोनाल्ड ट्रम्पको यसमा व्यक्तिगत फाइदा रहेको समेत प्रश्न उठाएको थियो ।
न्यु योर्क टाइम्सका अनुसार यदि हाइड्रोक्सीक्लोरोक्वाइनलाई विश्वव्यापी रूपमा कोरोनाको उपचार गर्न अनुमति दिइयो भने यी औषधिहरू बनाउने कम्पनीहरूले ठूलो फाइदा उठाउने छन । डोनाल्ड ट्रम्पको त्यस्तै औषधि उत्पादन गर्ने कम्पनीमा शेयर रहेको समेत बताएको थियो ।
वेबसाइटमा लेखिएको अनुसार फ्रान्सेली फार्मास्यूटिकल कम्पनी सनोफीमा डोनाल्ड ट्रम्पको व्यक्तिगत फाइदा उठाउन खोजेका छन । ट्रम्पको पनि कम्पनीमा शेयर छ । यस कम्पनीले मार्केटमा हाइड्रोक्सीक्लोरोक्वाइन औषधि बेच्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस