aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ आउन गृहले दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ आउन गृहले दियो अनुमति

काठमाडौं । गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ । लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको हो । 

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्को विरोधका साथ सरकारको आलोचना गरेका थिए । बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको थियो । 

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस