aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अर्थतन्त्रको पुनःउत्थान हुन गरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
अर्थतन्त्रको पुनःउत्थान हुन गरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा सदस्यहरुले कोरोना संक्रमणका कारण अर्थतन्त्र धरासायी हुने अवस्थामा देखिएकाले त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

बैठकमा महामारीपछिको अर्थतन्त्र पुनःउत्थान हुने गरी नीति तथा कार्यक्रम ल्याउन सदस्यहरुले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको बताइएको छ । 

दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिको लक्ष्यलाई निरन्तरता दिने स्वास्थ्य पूर्वाधार विकास गर्ने विषयपनि अघि बढाउन सचिवालयवाट सरकारलाई सुझाव आएको छ ।

मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने बैठकमा छलफल नभएको बताइएको छ । नीति तथा कार्यक्रम पेश भएपछि यो विषयमा छलफल गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस