
बीरगञ्ज । कोरोना संक्रमितहरुको संख्या बढेसँगै उपचार केन्द्रको अभाव भएको छ । बीरगञ्जलगायत प्रदेश दुईमा कोरोना संक्रमित पुष्टि भएकाहरुको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा संक्रमितको संख्या बढेपछि उपचार केंन्द्रको अभाव भएको हो ।
नारायणी अस्पतालमा पहिलो पटक कोरोना उपचारको लागि पाँच बेडको आइसोलेसन बनाइएको थियो । पछि यसलाई थपेर पुनः बीस बेडको आइसोलेसन बनाइएको थियो । तर हावाहुरीले बीस बेडको आइसोलेसनलाई उडाएर क्षति पुर्याएपछि नारायणी अस्पतालको अन्य खाली रहेको बेडमा कोरोना संक्रमितहरुलाई राखेर उपचार सुरु गरिएको थियो ।
तर अस्पतालको बेडले धाँन्न नसक्ने जति कोरोना संक्रमितहरु थपिन थालेपछि बिपद ब्यवस्थापन समितिले सिद्दार्थ स्कूललाई कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको थियो । अहिले २० जना कोरोना संक्रमितलाई सिद्धार्थ स्कुलमा राखिएको छ ।
सिद्दार्थ स्कूललाई पहिलादेखि नै क्वारेन्टाइन बनाइएको र त्यसमा संक्रमितको आशंकामा केहि ब्यक्तिहरु पनि रहेको कारण सिद्दार्थ स्कूललाई नै कोरोना उपचार केन्द्र बनाउने बिपद ब्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस