aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लकडाउनको स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
लकडाउनको स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिको तयारी

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो । 

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिउच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र छुट्याएर स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएको जनाइएको छ । 

विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वरेण्टीनको व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । नेपालको अवस्था अहिले आत्तिनुपर्ने नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेलाई सम्बन्धित पालिकामा क्वरेणटीनको उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । 

चिकित्सा क्षेत्रका विज्ञले सरकारलाई वैज्ञानिक ढङ्गबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावमा फेरि छलफल गरी समितिले निर्णय गर्नेछ । समितिको सुझावका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको बारेमा निर्णय गर्नेछ । 

प्रतिक्रिया दिनुहोस