
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश भइरहेको छ ।
नयाँ वानेश्वरस्थित संघीय संसदमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्न अघि संसद भवनमा विशेष सचेतना अपनाइएको छ ।
विशेषत कोरोना भाइरस संक्रमणलाई ध्यान दिएर विशेष सचेतना अपनाइएको छ । कोरोना भाइसरको जोखिम न्यूनीकरण र नियन्त्रणका लागि गत साता प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकांश सांसद र संसद सचिवालयका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो ।
सबैको रिपोर्ट नेगेटिभ आए पनि ९ जना संसदको रिपोर्ट नआएकोले उनीहरुलाई आज संसद भवनमा प्रवेश दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस