aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने सरकारको नीति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं । सरकारले कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने भएको छ । आगामी १० वर्षमा कृषिको उत्पादन बढाएर दोब्बर बनाउने सरकारले तयारी गरेको छ । मुन्नत समाज निर्माणको लागि उत्पादनशिल तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको कार्यक्रम रहेको छ । २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको सूचीमा पुर्याउने गरी सरकारको नीति तथा कार्यक्रम तय भएका छन् ।

ठूलो भौतिक पूर्वाधार निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ ।सकारले दुई वर्षमै उत्साहजनक उपलब्धी हासिल गरेको छ । सरकारको लक्ष्य तथा कार्यक्रम स्पष्ट भएकोले उत्साहजनक उपलब्धी हासिल गर्न सकेको हो । सार्वजनिक सेवाको गुणस्तरका वृद्धि गरिएको छ ।

भष्ट्राचार नियन्त्रणमा सरकार लागि परकोे छ । संघ, प्रदेश र स्थानीय तह संक्रिभएका छन् । यसले गर्दा नै उत्साहजनक उपलब्धीमूलक भएको हो । कोभिड–१९ को चपेटामा पनि प्रदेश र स्थानीय तहको कामलाई प्रष्टाएको छ । आन्तरिक विद्युत खपतलाई बढाउँदै अन्तर्राष्ट्रिय विद्युत व्यापारका काम भइरहको छ ।

सरकारले कोभिड नियन्त्रणको लागि अतिरिक्त कोष स्थापना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन् । राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन विकासमा सहयोग पुर्याउन र लोकतन्त्रलाई मजबुत बनाउन छ ।

 

प्रतिक्रिया दिनुहोस