aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सरकारको नीति तथा कार्यक्रम जनमुखी: राष्ट्रपति भण्डारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
सरकारको नीति तथा कार्यक्रम जनमुखी: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएकी छिन् ।

उनले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक रहेको बताइन् ।

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बनेको बताउइन् ।

उनले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताइन् ।

कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउदै उनले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गरिन् ।

यस पटक मेरो सरकार भन्ने शब्द प्रयोग नगरी सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेका राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताबताइन् । राष्ट्रपति भण्डारीको सम्बोधन जारी छ ।
महामारीका कारण राेजगारी गुमाएकाहरूलाइ स्वास्थ्य शिक्षा, राेजगारी, अायअार्जनकाे काममा प्राथामिकता दिने बताइन् ।
 

प्रतिक्रिया दिनुहोस