काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशैभरी रहेका स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधारमा लगानी बढाउने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भूगोल जनसंख्याको आधारका ५ देखि १५ शैयासम्मको अस्पताल निर्माण गर्ने भएको बताएकी हुन । स्थानीय, प्रदेश तथा अञ्चल अस्पतालको स्तर उन्नती गर्ने भएको छ । प्रदेश स्तरीय ५० र ३ सय शैयाको सरुवा रोग अस्पताल स्थापना गरिने छ ।
आगामी वर्षदेखि केन्द्रिय स्तरमा केन्द्र स्रतमा ३ सय शैया र प्रदेश स्तरमा ५ शैयाकोा अत्यधुनिक सेवा सहित सरुवा रोग रोकथाम तथा नियन्त्रण अस्पताल बनाइने छ ।
प्रतिक्रिया दिनुहोस