काठमाडौं । आम नागरिकलाई स्वस्थ राख्न तथा समयमा उपचार केन्द्रमा पुर्याउन तीन अंकको एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । जिल्ला स्तरीय अस्पतालले सातामा एक दिन स्याटलाइन सेवा गर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिने छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्त समयमा सापेक्ष शिक्षा पद्धति बनाइने र अनुसन्धान केन्द्रको रुपमा विकास गरिने राष्ट्रपति विद्या देवी भण्डारीले बताइन् । शिक्षाको हरेक आयममा पहुँच विस्तार गर्दै विश्व विद्यालयहरूलाई अनुसन्धानमूलक बनाइने भएको छ । विकासका प्रतिफलहरू समानुपातिक रुपमा वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस