aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालकाे अर्थतन्त्र दुई दशमलव दुई सात प्रतिशतमा झर्ने अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
नेपालकाे अर्थतन्त्र दुई दशमलव दुई सात प्रतिशतमा झर्ने अनुमान

काठमाडाैं । नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस महामारीका कारण यसपाली सरकारको प्राथमिकता बदलिएको बताएकी छन् ।

कोरोनाभाइरस सङ्क्रमण रोक्न लगाइएका लकडाउनले आर्थिक गतिविधि शिथिल भएका कारण यसपाली देशको वृद्धि दर पहिले अपेक्षा गरिएकोभन्दा ४ प्रतिशतभन्दा धेरै दरले घटेर दुई दशमलव दुई सात प्रतिशतमा झर्ने सरकारले अनुमान गरेको छ ।

नेपाल सरकारले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी तथा आर्थिक पुनरुत्थानमा प्राथमिकता दिने उनले बताएकी छन ।

आज सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले देशलाई समृद्ध र देशवासीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढ हुने बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, "यस महामारीका कारण सरकारको प्राथमिकता बदलिएको छ। अबको हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ ।"

सरकारले सदनमा शुक्रवार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपतिले कोभिड १९ ले मानवीय स्वास्थ्यमा तेर्स्याएको चुनौती सामना गर्नुमा नै सरकारको प्रमुख ध्यान जाने बताइन् ।

नेपालमा जेठ १५ गते वार्षिक बजेट पनि प्रस्तुत गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस