aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बेरोजगार युवालाई व्यवसाय सञ्चालन पुँजी उपलब्ध गराइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
बेरोजगार युवालाई व्यवसाय सञ्चालन पुँजी उपलब्ध गराइने

 
काठमाडौं । विदेशबाट फर्केका वा स्वदेशमा रहेका युवाहरुलाई उद्यम गर्न सुरुवाति पुँजी उपलब्ध गरिने भएको छ।कोभिड(१९ बाट प्रभावित भएकाहरुलाई यस्ता कार्यक्रममा परिचालन गरिने भएको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सीप सिकाउन घुम्ति तालिम सेवा सञ्चालन गरिने बताइन्। उद्यम गर्न सुरुवाति पुँजी उपलब्ध गरिने भएको छ।

शिक्षित वेरोजगार युवालाई परियोजनामा आधारित सुरुवाति पुँजी उपलब्ध गराइने छ। उसले लिएको शिक्षामा आधारित उद्यमका लागि प्रोत्साहित गरिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने भएको छ। बेरोजगारको प्रोजेन्टका आधारमा शुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस