aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ ।

चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो । संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन गर्ने घोषणा गरेकी हुन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने अघिल्लो कार्यक्रमको असफलतापछि सरकारले प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद दिने‍ कार्यक्रम ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि सुरूआती पुँजी उपलब्ध गराइने घोषणा गरेकी छन् ।

यसरी सरकारले पुँजी उपलब्ध गराउँदा शिक्षासँग सम्बन्धित व्यवसाय गर्नका लागि परियोजना निर्माणमा पनि सरकारले नै सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस