aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

औषधि व्यवस्था विभाग खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
औषधि व्यवस्था विभाग खारेज

काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् । 

विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने उनले बताइन् ।  यस्तै आगामी आर्थिक वर्षमा सरकारले नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्त निरोधात्मक कार्यक्रम संचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक  रक्तचाप र  रगतमा ग्लुकोज भए–नभएकोबारे निःशुल्क जाँचको व्यवस्था गर्ने छ भने यो सेवालाई वडास्तरमा लागु गरिने उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस