aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए । पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेका छन् ।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबारबाट परीक्षण थालेको थियो । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ । जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको थियो । पीसीआर विधीबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए ।

सफाई कर्मचारी र कालीमाटी तरकारी बजनारका ब्यापारिसहितको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा बिहीबारदेखि नै भएको थियो । आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस