aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने

काठमाडौं । सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने भएको छ । सधै जसो भारत सरकारसँग नेपाली भूमीका विषयमा विवाद भएपछि सरकारले आफ्नो भूमी समेटेर नयाँ नक्सा बनाउन लागेको हो । नयाँ नक्सा बनेपछि सीमा विावाद टुङ्गिने देखिन बताइएको छ ।

संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो । त्यसलाई प्राप्त गर्न ठोस कुटनितिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमि समावेश गरि नेपालको नक्सा सार्वजनिक गरिनेछ ।’ 

प्रतिक्रिया दिनुहोस