
काठमाडौं । शुक्रबार संघीय संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रमले बजेट निर्माणमा अझै चुनौती थपेको छ । सबै क्षेत्रमा धेरै काम आगामी आर्थिक वर्ष २०७७/७८ मा नयाँ कार्यक्रम थाल्ने तथा सम्पन्न गर्ने नीति घोषणा गरिएको छ । १५ जेठमा आउने बजेटले यी सबै कार्यक्रमलाई बजेट विनियोजन गर्न सक्छ त भन्ने प्रश्न समेत खडा भएको छ । नीति तथा कार्यक्रमलाई समेटने हो भने आगामी बजेट कनिका छराइजस्तै हुनेछ ।
पुपलिष्ट बजेटको विपक्षका रहेका अर्थमन्त्री डा.युवराज खतिवडाको अग्नि परीक्षा समेत आगामी बजेट लिने देखिन्छ । एकातर्फ गैर सांसद अर्थमन्त्रीको आफ्नो ढिपी कायमै छ भने अर्कोतर्फ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समेटर पार्टीभित्रको समिकरण आफ्नो पक्षमा तान्ने प्रयासमा अर्थमन्त्री लाग्नु परेको छ । यसो गर्दा अर्थमन्त्री गैर सांसद वा सांसदमा रुपान्तरण त होलान् तर उनले अहिलेसम्म भन्दै आएको बजेट निर्माणका आर्दश भने सदाको लागि बागमतीमा बग्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले करिब पौन ३ घण्टा लगाएर संघीय संसदको दुबै सदनमा प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटन खोज्दा छरफष्ट देखिएको छ । २ सय ७६ बुँदामा रहेको आगामी आवको नीति तथा कार्यक्रम निश्चित रुपमा समय सान्दर्भिक देखिएपनि यी सबै कार्यक्रमलाई स्रोत जुटाउन भने त्यति सहज छैन ।
सरकारको नीति तथा कार्यक्रमले नेपालको छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने देखि विकास निर्माणका कार्यलाई दु्रतता दिने भनिएको छ । कोभिडले अर्थव्यवस्थामा गम्भिर धक्का पुर्याएको अर्थतन्त्रलाई सुदुढ बनाउनेदेखि देश विकासित देश विषय समेटिएको यो दस्तावेज निकै महत्वकांक्षी, नेपाली स्रोत साधन र क्षमतले नभ्याउने देखिन्छ ।
अर्थतन्त्रमा देखिएको तत्कालिन र दीर्घकालीन स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन प्रभावलाई नियन्त्रण गर्ने सम्बन्धमा सरकारको नीति तथा कार्यक्रमले वेवास्ता गरेको छ ।
कोभिड फैलिएको ४ महिनासम्म पनि यसबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सतर्कता अपनाउन ठोष काम केही पनि गर्न सकेको छ । दिनप्रतिदिन कोभिड बढ्दै छ । अब यसले विकराल रुप लिन समय लाउँदैन । यस्तो बेलामा ल्याएको सरकारको नीति तथा कार्यक्रम यसका विषयमा जति बोल्नु र गर्नुपर्ने हो त्यसलाई पाखा लगाएर मनगडन्त्य आडम्बर पस्किरहेको छ । अहिले आम जनता कोभिडको त्रासदीबाट सुरक्षित बस्न चाहन्छन् । तर, खोई सरकारले यसमा ध्यान दिन सकेको ?
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस