aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको हो । 
यो संगै नेपालमा संक्रमितथको संख्या २६७ पुगेको छ । 

काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस