
काठमाडौं । कोरोना संक्रमण तीब्र गतिमा विस्तार भइरहेको भारतमा संक्रमितको संख्या चीनमा भन्दै धेरै पुगेको छ । कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारसम्मा चीनभन्दा बढि संक्रमित देखिएका हुन् ।
कोरोना भाइरसको सुरुवाती विन्दु चीनभन्दा भारतमा यसबाट संक्रमित हुनेको संख्या धेरै भएको छ। भारतमा चीनभन्दा १ हजार २८९ संक्रमित बढी भइसकेका हुन्।
शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ८५ हजार ७८४ जना संक्रमित भइसकेका छन्। जसमध्ये २ हजार ७५३ ले ज्यान गुमाएका छन् भने ३० हजार २५८ निको भइसकेका छन्।
भारतमा संक्रमित संख्या बढी देखिए पनि मृत्युदर भने चीनभन्दा न्यून छ। चीनमा ५.५२ प्रतिशत मृत्युदर हुँदा भारतको भने ३।२१ प्रतिशत मृत्युदर रहेको छ।
गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोभिड–१९ बाट विश्वभर ४५ लाख ३४ हजार ९५२ संक्रमित भइसकेका छन्। त्यस्तै ३ लाख ७ हजार १९ ले ज्यान गुमाएका छन् भने १६ लाख ३३ हजार ३८९ निको भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस