aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

आजबाट सबै प्रकारका सवारी पास रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
आजबाट सबै प्रकारका सवारी पास रद्द

काठमाडौं ।  आजबाट जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको हो । 

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास शनिबारबाट रद्द गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस