aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
यस्तो छ आजको मौसम

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी क्षेत्रको सामान्यतया मौसम सफा रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो।

शनिबार दिउँसो पूर्व तथा मध्य पहाडी भू–भागमा सामान्य बदली र पश्चिम पहाडमा आंशिक बदली हुने छ। बाँकी क्षेत्रको सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन् । पूर्वका थोरै स्थान र मध्य तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

राति पूर्वमा सामान्य बदली र मध्य तथा पश्चिम पहाडमा आंशिक बदली रहने छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वका थोरै स्थान र मध्य तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदको भनाई  । 

प्रतिक्रिया दिनुहोस