aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

काठमाडौंको ‘पाहुँना फूल’ जसले पाहुँनाको स्वागत गर्नै पाएन (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
काठमाडौंको ‘पाहुँना फूल’ जसले पाहुँनाको स्वागत गर्नै पाएन (फोटोफिचर)

काठमाडौं । न गाडीको घ्यारघ्यार आवाज, न कालो कुहिरो जस्तै उडेको धुलो, सधै विहान जस्तो लाग्ने मौसम खाली भएको बाटो अनि छेउमा झरिलो रुखमा फूलेका बेफुर्सदी फूले । फूलमा कहिले मौरी त कहिले चराहरुले चुम्बन गरिरहेका छन् ।  न रुखमा धुलो न फूलमा धुवा बस प्रकृतिले जस्तो दिएको त्यस्तै धकमक्क फूलले मात्र प्रकृतिलाई स्वागत गरिरहेका छन काठमाडौंका सडक छेउका यी फूलहरुले । 

कंक्रिटको शहर बन्‍ने दौडमा भद्रगोल भएको काठमाडौंमा ५४ औं दिनको लकडाउनले अहिले निलो रंगले लिपेको जस्तो देखिएको छ, दरबारमार्ग, रत्‍नपार्क, एअर पोर्ट लगायत रिङ्गरोडका केही भागहरु । यी धकमक्क फुलका फूलका दृष्य अवलोकन सुनुसान सडकले मात्र गरिरहेका छन । शिरिषको फूलको दृष्यपान गर्ने काठमाडौंमा पाहुना यो पाहुना नामले चिनिएको फूलले खोजिरहेको छ । 

काठमाडौं अहिले पारिजात मय भएको देख्न सकिन्छ । जता ततै धपक्कै फुलेको शिरिषको फूल’ले साहित्यकार पारिजातलाई सम्झन सकिन्छ । उनले शिरिषलाई त्यसै सम्झेकी भने होइन रहेछिन । शिरिषको फूल नामक कृति जतिकै रसमय बनेको छ आजकल काठमाडौं यी सडकहरु । 

यो फूलको ‘ज्याकारान्डा’ नामले चिनिन्छ ।  विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छ । यसका पनि ४९ प्रजातिभन्दा धेरै रहेको बताइएको छ । काठमाडौंका सडकमा यो फूल चैतदेखि जेठ अन्तिमसम्म देख्न सकिन्छ ।

यो फूल नेपालको नभएर विदेशबाट ल्याएको पाहुना फूलका रुपमा पनि भनिने गरेको छ । यो  फूलमध्ये अमेरिका र दक्षिण अमेरिकाबाट ल्याइएको यसलाई पाहुना फूलका रुपमा मानिन्छ । 

तस्विरः विजय फुँयाल/रचना कार्की

प्रतिक्रिया दिनुहोस