aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आठ महिनामा व्यापारघाटा ८८७ अर्ब ८८ करोड पुग्यो

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • बुधबार, ०४ बैशाख २०७६
आठ महिनामा व्यापारघाटा ८८७ अर्ब ८८ करोड पुग्यो

कुल वस्तु व्यापारघाटा चालू आर्थिक वर्षको आठ महिनामा २४ दशमलव ५ प्रतिशतले बढेर ८८७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ५ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड पुगेको छ । आठ महिनाको अवधिमा कुल वस्तु आयात २३ दशमलव ८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस