
काठमाडौं । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित महोतरी र काभ्रेका पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस