aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

हाम्रो अस्पतालको कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण छैनः शिक्षण अस्पताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
हाम्रो अस्पतालको कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण छैनः शिक्षण अस्पताल

काठमाडौं । त्रिवि शिक्षणले अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कुनै पनि अस्पतालकर्मीलाई कोरोना संक्रमण नभएको स्पष्ट पारेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘यस अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै यसअघि विभिन्न सञ्चारमाध्याममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । अस्पतालले सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने र समाजमा अनावश्यक रुपमा त्रासको वातावरण बन्ने भएकाले संयमता अपनाउन अनुरोध गर्दछौं ।’

साथै यही जेठ १ गते संक्रमित फेला परेकी ६ वर्षीया बालिकाको स्वास्थ्यअवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ। उनीमार्फत सक्रमणको सम्भावना भएकाहरुको व्‍यवस्थापन, आइसोलेसन र परीक्षण कार्य जारी रहेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस