
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक एक महिलाको बिहीबार राति ज्यान गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले ज्यान गएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो महिला हुन्।
शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराइएको थियो। ती महिलाले बैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएर २४ गते बच्चा जन्माएकी थिइन्। २५ गते डिस्चार्ज भएकी थिइन्। उनलाई घर पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो।
स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो।
प्रतिक्रिया दिनुहोस