aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

भारत । भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा हालसम्म ९० हजार ६ सय ४८ जनामा कोरोना संक्रमण भएको हो । 

एकै दिन ४ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। शनिवार संक्रमितको संख्या ह्वात्तै बढ्दा गुजारातमा एकै दिन १ हजारभन्दा बढीमा कोभिड १९ देखियो। भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १ हजार ६ सय ६ जनमा संक्रमण देखियो भने त्यहाँ एकै दिन ६७ जनाले ज्यान गुमाए।

संक्रमितको संख्याका आधारमा महाराष्ट्रपछि दोस्रो प्रभावित राज्य बन्न पुगेको छ गुजरात। महाराष्ट्रमा अहिलेसम्म ३० हजार ७ सय ६ जना संक्रमित छन् भने तामिल नाडूमा १० हजार ५ सय ५८ गुजरातमा यो संख्या १० हजार ९ सय ८९ पुगेको छ। यसअघि तामिल नाडू दोस्रो स्थानमा रहँदै आएको थियो।

नेपालसँग जोडिएको उत्तर प्रदेशमा आप्रवासी मजदूर फर्किएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। थप २ सय ९ नयाँ संक्रमित उत्तर प्रदेशमा एकै दिन थपिए भने नौ जनाको मृत्यु भयो। उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ।
 

प्रतिक्रिया दिनुहोस