
एसेन्सी । भारतका १२ वटा विमान स्थल कम्पनी सार्वजनिक निजी (पीपीपी) मोडलमा सञ्चालन गरिने भएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले सार्वजनिक निजी साझेदारी (पीपीपी) को माध्यमबाट ६ वटा नयाँ विमानस्थलहरूको लिलामी गरिनेछ । हवाई यात्रा सजिलो र भरपर्दो बनाउन आवश्यक कदमहरू चालिने उनले बताइन ।
अर्थमन्त्रीले भनिन, सार्वजनिक निजी साझेदारी (पीपीपी) को माध्यमबाट ६ वटा विमानस्थलहरूको लिलामी गरिनेछ । यो काम भारतीय विमानस्थल प्राधिकरणले गर्नेछ । यस तरिकाले, १२ विमानस्थलहरूको लिलामी पूरा हुनेछ । जम्मा १२ एयरपोर्टले १३ हजार करोड लगानी गर्ने छ ।
एयरपोर्टहरूको लिलामी प्रक्रिया पहिले नै भइरहेको छ । देशका नागरिकहरूले विश्व स्तरीय एयरपोर्टको सुविधा लिन सक्ने उनले बताइन । तेस्रो चरणको लागि ६ एयरपोर्ट लिलामीहरूको तयारी पनि चलिरहेको उनले जानकारी दिइन । अर्थमन्त्रीका अनुसार भारत एमआरओ विमान मर्मतसम्भारका लागि विश्वव्यापी केन्द्र बन्न सक्ने उनले बताइन ।
प्रतिक्रिया दिनुहोस