aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि शुक्रवार नागढुंगामा दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले चन्द्रागिरिका उत्तम कार्कीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । 

गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस