
भारत । भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि महाराष्ट्र राज्य सरकारले लकडाउन दुई साता थपेको छ। सरकारले कोरोना प्रभावित क्षेत्रहरुमा लकडाउनलाई आगामी मे ३१ सम्मका लागि लम्ब्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
महाराष्ट्र भारतको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो। आइतबार अपराह्नसम्म महाराष्ट्रमा ३० हजारभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने ११ सयभन्दा बढीको मृत्यु भएको छ।
महाराष्ट्रका मुम्बई, पुणे लगायत शहरमा केन्द्रीय सुरक्षा बलको तैनाथी बढाइएको छ।
प्रतिक्रिया दिनुहोस